बारा । कलैया उपमहानगरपालिका १२ खपरताता टोलमा ना ५४ प ४७४८ नम्बरको मोटरसाइकल र ना २ ह ५३७२ नम्बरको टेम्पो एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय रमाकान्त पटेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।




