रौतहट । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुरमा टाटा सुमो र मोटरसाइकल एकआपसमा जुध्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । चन्द्रपुर ४ स्थित राजमार्गमा धन्सार पुल छेउमा पश्चिमबाट पूर्व जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुबाहक टाटा सुमो र पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका १५ का ३३ वर्षिय तुलसी ओझा र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ११ का विवस सापकोटा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए । टाटा सुमोको ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारको लागि स्थानीय सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले बताए ।
ठक्कर दिएको टाटा सुमो ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको छ । मृतक दुवै जनाको शब पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुरमा पठाईएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो १ बजेर ४० मिनेटमा भएको दुर्घटना तिव्रगतिको कारण हुन सक्ने प्रहरीको अनुमान रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताए ।




