वीरगञ्ज । पासपोर्ट र भिसाबिना वीरगञ्जको एक होटलमा बसेका बंगलादेशी नागरिक बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति २९ वर्षीय महमद सहादत हुसेन हुन्, जसको स्थायी ठेगाना बंगलादेशको सिलेट, होबीगंज होल्डिङ नं. ७७७ हो । प्रहरीले चाडपर्वलाई ध्यानमा राख्दै वीरगञ्जका विभिन्न होटलहरूमा निरीक्षण गर्दै थियो ।
त्यस क्रममा वीरगञ्ज महानगरपालिका १६ स्थित बसपार्कमा रहेको आर्यन होटल एण्ड लजको कोठा नं. २०२ मा हुसेनलाई फेला पारी सोधपुछ गर्दा उनका साथमा पासपोर्ट, भिसा लगायतका आवश्यक कागजातहरू नभेटिएपछि उनलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका हुसेनलाई अध्यागमन कार्यालय वीरगञ्जमा बुझाएर थप कानुनी कारवाही अगाडि बढाएको छ ।




