सिराहा । बरियारपट्टी गाउँपालिका १ गोरगम्मा बोडरबाट स्रोत नखुलेको नगद १६ लाख रूपैयाँसहित सोही गाउँपालिका २ खोक्सिटोल बस्ने ४८ वर्षीय ललित दासलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स १० प ९८५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक दासलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




