सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ मा शुक्रबार दिउँसो मोटरसाइकल र सिटी रिक्सा ठोक्किँदा २१ वर्षीय लक्ष्मन मण्डलको मृत्यु भएको छ । उनले बा २६ प ६४०१ नम्बरको मोटरसाइकल चलाईरहेका थिए, जुन प्र १-०२-००३ ह ३५२१ नम्बरको सिटी रिक्सामा ठक्कर खाइ दुर्घटनामा परेको थियो ।
घाइते भएका लक्ष्मनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार गरिरहेका बेला मृत्यु भएको हो । यस दुर्घटनामा मोटरसाइकलमा सवार एक जनासँगै सिटी रिक्साका चालक पनि घाइते भएका छन् र उनीहरूको उपचार भारदह अस्पतालमा भइरहेको छ । प्रहरीले यस घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




