वीरगंज । वीरगंज महानगरपालिका १७ स्थित अलौ चेक प्वाइंटबाट प्रहरीले अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्रामसहित ३५ वर्षीय वैद्यनाथ प्रसाद यादवलाई शनिबार बिहान पक्राउ गरेको छ ।
पर्सागढी नगरपालिका ६ हरपुरका निवासी यादवलाई प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले खजुरियाबाट भारततर्फ साइकलमा जाँदै गर्दा पक्राउ गरेको हो ।
प्रहरीले यस घटनालाई लागूऔषधको कारोबारी र प्रयोगमा नियन्त्रण गर्नको लागि गरेको प्रयासको रूपमा लिएका छन् । पक्राउ परेका यादवविरुद्ध आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ ।




