सर्लाही । सर्लाहीको गोडैतामा घरमा लुकाइराखेको गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, ब्रह्मपुरी गाउँपालिका ५ सखुअवाका २१ वर्षीय पंकज साहलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो ।
सुराकीको आधारमा साहको घरमा छापा मार्दा १० किलो गाँजा फेला परेको थियो । साहलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




