बारा । बाराको महागढीमाई नगरपालिकामा धारिलो हतियार प्रहार गरी शनिबार राति एक जनाको हत्या भएको छ । हतियार प्रहार गरी महागढिमाई नगरपालिका १ सेमरा तेगछीयाका ५० वर्षीय श्रीनारायण प्रसाद यादवको हत्या भएको प्रहरीले जनाएको छ ।
राति ८ बजेको समयमा अज्ञात समूहले यादवलाई धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएको थियो । घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा उपचारको क्रममा ज्यान गएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
यादवमाथि हतियार प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको सापकोटाले बताए । अनुसन्धानकै क्रममा रहेकोले पक्राउ परेकाहरुको बारेमा प्रहरीले खुलाएको छैन ।




