वीरगंज । वीरगंज महानगरपालिका ८ स्थित गहवा टोलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही स्थानका ४० वर्षीय बिरेन्द्र साह कानुसहित अन्य छ जना रहेका छन् ।
प्रहरीका अनुसार प्रभु साह कानुको टहरामा जुवा खेलिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले उनीहरूलाई गए राति नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकासँग नगद २ लाख ६५ हजार रुपैयाँ र १ बुक तास बरामद भएको प्रहरीले जनाएको छ । अभियुक्तहरू माथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।




