बारा । बाराको सिम्रौनगढ नगरपालिकामा ३४ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा सिम्रौनगढ नगरपालिका ४ गंगानगरका २५ वर्षीय दिपेन्द्र उर्फ जितेन्द्र कुशवाहा र ३५ वर्षीय सरोजप्रसाद यादव रहेका छन् ।
प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार, वडा नम्बर ४ का हिरा महतोको गाई गोठमा गाँजा प्याकिङ गर्दै गर्दा दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ ।




