रौतहट । रौतहट प्रहरीले अवैध रूपमा भन्सार छलेर ल्याइएको चामलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । गौर नगरपालिका १ भन्सार चौकमा प्रदेश २–०३–००१ ज ०२४८ नम्बरको पिकअप बलेरो गाडीमा चेकजाँच गर्दा ५ लाख १२ हजार रुपैयाँ बराबरको चामल बरामद गरिएको प्रहरीको भनाइ छ ।
गाडीका चालक माधवनारायण नगरपालिका २ का राजेश्वर साहलाई समेत पक्राउ गरी चामलसहित गाडी र चालकलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए ।




