सप्तरी । सप्तरीमा एक बालिकाको मृत्यु स्कुटरको ठक्करबाट भएको छ । कंचनरूप नगरपालिका ७ बलुवा चोकस्थित सडकमा स्कुटरले ठक्कर दिँदा बालिकाको निधन भएको हो ।
प्र २-०१-००२ प ९९९७ नम्बरको स्कुटरले सप्तकोशी नगरपालिका ८ ओद्राहा निवासी सूर्य नारायण सदाकी ८ वर्षीया छोरी अलिसालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
स्कुटरले को ३७ प १८६४ नम्बरको मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा अलिसा बाटो काट्दै गर्दा ठक्कर परेको बताइएको छ । यस घटनामा गम्भीर घाइते भएकी अलिसाको विराटनगरको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




