रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका २ लचका नजिकै बस दुर्घटना भएको हो ।
ग १ ख ५८०७ नम्बरको बसले स्याललाई बचाउन प्रयास गर्दा दुर्घटना भएको प्रहरी स्रोतले जनाएको छ । बस पोखराबाट जनकपुर आउँदै थियो र २० जना यात्रु सवार थिए, जसमा १२ जना घाइते भएका छन् ।
रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायका अनुसार, बस चालक ३५ वर्षीय पदम बहादुर बस्नेत र सहचालक ३० वर्षीय सुरज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार एक जना घाइतेको अवस्था गम्भीर छ भने तीन जना मध्यम चोटका साथ र आठ जना सामान्य घाइते भएका छन् । सबै घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।




