पर्सा । वीरगंज महानगरपालिका ८ स्थित रेल्वे रोडबाट सुन जस्तो देखिने पहेंलो धातु १ सय ७ ग्राम ८९ मिलिग्रामसहित सोही महानगरपालिका १५ भेडियाही बस्ने २८ वर्षीय जय प्रकाश कुमार सोनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना ६२ प २७०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक जय प्रकाशलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




