महोत्तरी । महोत्तरीको औरही र गौशालाका विभिन्न स्थानमा श्रृंखलाबद्ध डकैती गर्ने गिरोहका चार भारतीय र दुई नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सितामढीका ३० वर्षीय प्रमोदकुमार साह, उनकी श्रीमती सञ्जुदेवी साह, ५२ वर्षीय रन्धीर साह र २४ वर्षीय सुधीर भण्डारी छन् । साथै, गौशाला ९ का २८ वर्षीय ललन साह र गौशाला ६ का २६ वर्षीय राकेशकुमार यादव पनि पक्राउ परेका छन् ।
प्रहरी प्रवक्ता नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार, उनीहरूविरुद्ध हात हतियार तथा खर खजाना, चोरी डाँका र संगठित अपराधमा मुद्दा दायर गरी अनुसन्धान जारी छ ।
पक्राउ परेकाहरूको साथबाट पेस्तोल, नलकटुवा बन्दुक र गोली बरामद भएको छ । उनीहरूले घरमा जबरजस्ती प्रवेश गरी नगद र गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।




