वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १५ भेडियाहीका २८ वर्षीय जयप्रकाश कुमार सोनारलाई सुनसहित पक्राउ गरिएको छ । ना ६२ प २७०५ नम्बरको मोटरसाइकलमा वीरगञ्ज ८ हुँदै गइरहेका सोनारलाई प्रहरीले चेकजाँच गर्दा उनको जिन्सको खल्तीमा कागजमा बेरिएको अवस्थामा १०७.८९ ग्राम सुन फेला परेको हो ।
प्रहरीका अनुसार, बरामद सुनको बजार मूल्य १३ लाख ८८ हजार ४३६ रहेको छ । पक्राउ परेका सोनारलाई थप कानुनी प्रक्रिया पूरा गर्न वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका सूचना अधिकारी डिएसपी किशोर लम्सालले जानकारी दिए ।




