वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका १ पिडारीस्थित सडकमा शुक्रबार ट्याक्टरबाट लडेर ५५ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको छ । प्र २–०३–००१ त ३६३० नम्बरको ट्याक्टरमा सवार साह दुर्घटनामा गम्भीर घाइते भएका थिए ।
उपचारका लागि नारायणी अस्पताल वीरगंज लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन्, र प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ ।




