रौतहट । रौतहटको बौद्धिमाई नगरपालिका ५ स्थित कोपवाबाट हनुमान चौकबीच हुलाकी राजमार्गमा गढीमाई मेला दर्शन गर्न जाँदै गरेको श्रद्धालु सवार ट्याक्टर दुर्घटनाग्रस्त भएको छ ।
ट्याक्टरको टायर अचानक पड्कँदा गाडी अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनाका बावजुद ट्याक्टरमा सवार सबै श्रद्धालु सुरक्षित रहेको स्थानीय स्रोतले जानकारी दिएको छ ।
विश्व प्रसिद्ध गढीमाई मेलामा सहभागी हुन ठूलो संख्यामा भक्तजन गन्तव्यतर्फ जाँदै गर्दा यो घटना भएको हो । घटनास्थलमा स्थानीयले सहयोग गरेका थिए भने सबै श्रद्धालुहरू सुरक्षित रहेका छन् ।




