वीरगंज । वीरगंज महानगरपालिका १६ शंकराचार्यगेटबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ४ सय ५० ग्रामसहित १८ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका किशोरलाई पक्राउ गरेको हो ।
पक्राउ परेको किशोर भारतको पश्चिम चम्पारण, बेतिया थाना ३९ हरिमटका निवासी रहेको पाइएको छ । प्रहरीले उक्त गाँजासहित किशोरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




