महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १ स्थित रातु पुल नजिक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति बा प्र ०३–००१ ख २७२९ नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल सरकारी अस्पताल बर्दिबास पुर्याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।




