बारा । जितपुरसिमरा उपमहानगरपालिका २२ तीन नम्बर पुलस्थित टावर डाँडाको बिरूवा खोलाको झाडीबाट अवैध लागूऔषध गाँजा करिब ९७ किलोग्रामसहित २ जना पक्राउ परेको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय अम्लेखगन्जबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा फेला पारेर अनुसन्धान सुरु गरेको थियो ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका २ गडौली टोलका ३५ वर्षीय बिष्णु लामा र चितवन भरतपुर महानगरपालिका २४ सिद्धार्थ टोलका ४६ वर्षीय टेक बहादुर गुरूङ रहेका छन् । पक्राउ परेका व्यक्तिहरू गाँजा ओसारपसारमा संलग्न रहेको खुलेको छ ।
प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बा ११ च ७०१२ नम्बरको कार समेत बरामद गरेको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ ।




