बारा । बारागढी गाउँपालिका २ दौर्वा चोकस्थित सडकमा पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश २–०३–००१ च २८१० नम्बरको पिकअप गाडीले ठक्कर दिँदा सोही ठाउँकी ७२ वर्षीया कवित्री देवी महराको ज्यान गएको हो ।
दौर्वाबाट मलाहीतर्फ जाँदै गरेको पिकअप गाडीले ठक्कर दिएर गम्भीर घाइते भएकी कवित्री देवीको उपचारको क्रममा प्रादेशिक अस्पताल, कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धानका लागि पिकअप गाडीका चालकलाई नियन्त्रणमा लिइएको छ ।




