सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका ३ बाट अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित २३ वर्षीय विजय महतोलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालय सर्लाही र अन्य प्रहरी टोलीले गस्ती गर्दै गर्दा विजय महतोलाई मोटरसाइकलमा सवार अवस्थामा देखे । उनीसँग रहेको झोलामा गाँजा राखिएको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीलाई देख्नासाथ मोटरसाइकलका चालकले विजयलाई झोलासहित छोडेर फरार भएको थियो । झोलाबाट ५ किलोग्राम गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
फरार मोटरसाइकल चालकको खोजी कार्य जारी रहेको र उनलाई पनि छिट्टै पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।




