सप्तरी । शम्भुनाथ नगरपालिका ९ बज्रहटस्थित सडकमा स १ त ३८२६ नम्बरको ट्याक्टरको ठक्करबाट ५५ वर्षीया पैदलयात्री बच्चा देवी चौधरीको मृत्यु भएको छ ।
सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीलाई छिन्नमस्ता अस्पताल राजविराजमा भर्ना गरिएको थियो । उपचारको क्रममा मंगलबार बिहान उनको मृत्यु भएको हो ।
प्रहरीले फरार ट्याक्टर चालकको खोजी कार्य जारी राखेको छ । साथै, घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




