बारा । सिम्रौनगढ नगरपालिका ११ लक्ष्मीनिया चोकमा सोमबार दिउँसो म प्र २-०३-००७ प २०६० नम्बरको मोटरसाइकल र बा प्र ०१-०३ च ४०७८ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ ।
मोटरसाइकल चालक रौतहट कटहरीया नगरपालिका २ बिर्ती टोल बस्ने २५ वर्षीय सुरेश यादव गम्भीर घाइते भएका थिए । उनलाई प्रादेशिक अस्पताल कलैया र पछि थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




