सप्तरी । सुरुङगा नगरपालिका ३, लक्ष्मीपुरस्थित सडकमा सवारी साधनको ठक्करबाट ६० वर्षीय पैदलयात्री रामबहादुर नेपालको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटना गराउने सवारी साधन र त्यसका चालक फरार रहेका छन् । प्रहरी अहिले उनीहरूको खोजी कार्यमा जुटेको छ । प्रहरीले दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




