सप्तरी । कंचनरूप नगरपालिका ८ स्थित सडकमा ग २ ख ११७५ नम्बरको ट्रकले को ३३ प ७२४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २९ वर्षीय सुनिल कुमार साहको मृत्यु भएको छ ।
मंगलबार राति भएको यस दुर्घटनामा गम्भीर घाइते भएका साहलाई गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारका लागि लगिएपनि थप उपचारको क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




