वीरगंज । वीरगंज महानगरपालिका १६ श्रीरामचोकमा ट्याक्टरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ । मधेश प्रदेश ०३-००१ त ८२५१ नम्बरको ट्याक्टरले ठक्कर दिएपछि गम्भीर घाइते भएका आदित्य मल्लिकको उपचारको क्रममा मृत्यु भएको हो ।
बिहीबार बेलुकी भएको उक्त घटनामा वीरगंज महानगरपालिका १६ नगवा टोलका गणेश मल्लिकका छोरा आदित्य मल्लिकलाई सडकमा ट्याक्टरले ठक्कर दिएको थियो । गम्भीर घाइते बालकलाई तत्कालै नेशनल मेडिकल कलेज, वीरगंजमा लगिएको थियो, तर उपचारका क्रममा उनको ज्यान गएको हो ।
ठक्कर दिने ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो घटनाले सडक सुरक्षाको अवस्था र पैदलयात्रीको सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ ।




