रौतहट । रौतहटको बडहर्वा प्रहरी चौकीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेका सामानसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार राति बडहर्वा प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले दुर्गा भगवती गाउँपालिका ५ वाग्मती नदी नजिक दुई भारतीय मोटरसाइकल (बिआर ३० डि २३२२ र बिआर ३० एस ३३८३) का साथ कपडा तस्करी गर्दै रहेका किशोरी चौधरी कलवार र नरेश साह तेलीलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक उमाशंकर गुप्ताका अनुसार, दुवै जनाले भन्सार राजस्व छली भारतबाट कपडा ल्याउँदै थिए । पक्राउ परेका व्यक्तिहरू र सामानको बारेमा अनुसन्धान भइरहेको र भारतबाट अवैध सामान ल्याउने गिरोहको बारेमा थप जानकारी प्राप्त गर्ने प्रयास जारी रहेको जानकारी दिइएको छ ।




