सिराहा । नरहा गाउँपालिका ३ चौहर्वास्थित सडकमा मंगलबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
स १ प ९४६३ नम्बरको मोटरसाइकल र प्र १-०२-०५५ प ६१२३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा स १ प ९४६३ नम्बरका मोटरसाइकल चालक, मिर्चैया नगरपालिका १० निवासी ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्र १-०२-०५५ प ६१२३ नम्बरका मोटरसाइकल चालकलाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर पठाइएको छ ।
त्यसैगरी, सोही मोटरसाइकलमा सवार अर्का एक जनाको गोलबजारस्थित लाइफलङ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण र थप विवरण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।




