रौतहट । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका भारत बिहार सीतामढी बसबिट्टाका २२ वर्षीय सुधीर कोईरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
रौतहट परोहा नगरपालिका २ तेजापाकडका ३० वर्षीय हिरामन महतोलाई २०८० बैशाख ९ गते माधव नारायण नगरपालिका ६ माधोपुरबाट अपहरण गरी भारतमा लगी शरीर बन्धक बनाई निजको परिवारसँग फिरौती माग गर्ने घटनामा सुधीर कोईरी संलग्न रहेको खुलेको छ ।
घटनामा फरार रहेका कोईरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय सर्लाहीसँगको समन्वयमा सर्लाहीको सीमा नाकाबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई पक्राउ गरी हाल आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




