सिराहा । लहान नगरपालिका १२ बाटिका चोकस्थित सडकमा आइतबार बिहान दुर्घटना भएको छ । प्र २-०१-००१ क ००७९ नम्बरको बसले बा १८ प ८३२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
उदयपुर त्रियुगा नगरपालिका ६ का मोटरसाइकल चालक ४० वर्षीय किरण थापाको मृत्यु भएको हो । उनको काठमाडौं मेडिसिटी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य दुई जना मोटरसाइकल सवारलाई सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको छ ।




