सप्तरी । खड्का नगरपालिका ५ रञ्जितपुरस्थित सडकमा बुधबार बेलुकी भएको ट्याक्टर दुर्घटनामा २५ वर्षीय चालक प्रमोद रामको घटनास्थलमै मृत्यु भएको छ ।
प्रमोद सोही नगरपालिकाको वडा नम्बर १० का बासिन्दा थिए । स १ त ७४३३ नम्बरको ट्याक्टरले स ९ प ६५६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको थप उपचारका लागि विराटनगर पठाइएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




