धनुषा । मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको शुक्रबार मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । यादव धनुषाको लक्ष्मिनिया गाउँपालिका १ निवासी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार जनकपुरधामस्थित मधेश भवन अगाडि भएको दुर्घटनामा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो ।
यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेशको २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइएको थियो, तर चिकित्सकले उहाँलाई मृत घोषणा गरेका छन् । दुर्घटनामा संलग्न मोटरसाइकल चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।




