बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिका ३ मुसहर्वा चोकबाट स्रोत नखुलेको नगद ३ लाख २ हजार ५ सय ६५ रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत ग्राम पंचायत जडवा, मोतिहारी निवासी ३८ वर्षीय प्रमोद प्रसाद साहलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी मुसहर्वाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना १४ प ७९२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारेको थियो । प्रहरीले पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखी थप कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।




