सिराहा । सिराहा जिल्लाको गोलबजार नगरपालिका २ निपनियास्थित राजदेवी मन्दिर छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मंगलबार फेला परेका मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । उनको उमेर अन्दाजी ३३ वर्ष रहेको अनुमान गरिएको छ ।
घटना बारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । मृत्युको कारण खुल्न नसकेकाले यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




