सप्तरी । कर्तव्य ज्यान मुद्दामा फरार रहेका महादेवा गाउँपालिका २ निवासी उमेश रजकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्राप्त जानकारी अनुसार, उनले २०६१ माघ १ गते बिहान आफ्नै दाइ ४० वर्षीय गणेश रजकलाई कुटपिट गरी हत्या गरेका थिए ।
सो घटनापछि जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएपनि उनी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।
अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।




