वीरगञ्ज । फैसला कार्वान्यन गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका युनिटहरुले ३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा जारी अभियान अन्तर्गत जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले ३० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
एसपी मिश्रले जिल्ला प्रहरी प्रमुखको रूपमा पदभार सम्हालेसँगै विभिन्न अपराधमा दण्ड सजाय पाएर फरार रहेका प्रतिबादीहरुलाइ प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।
प्रहरीले गत शनिबारदेखि सोमबारसम्म ३ दिनमा ३० जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सामा उपस्थित गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले बताएका छन् ।
प्रहरी प्रमुख एसपी मिश्र आएदेखि नै पर्सा प्रहरीले फरार प्रतिवादी पक्राउसँगै तस्करी नियन्त्रणमा जोड दिएको छ ।




