पर्सा । वीरगंज महानगरपालिका १० आदर्शनगरबाट स्रोत नखुलेको ७ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । बिन्दबासिनी गाउँपालिका ३ झौवा निवासी ४३ वर्षीय अजय कुमार साहलाई बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
साहसँग रहेको रकमको स्रोत नखुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।




