महोत्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी जिल्लाको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् ।
आइतबार दिउँसो करिब १२ बजे ना ५ ख २८५१ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । दुर्घटनामा परि बसमा सवार ६ जना गम्भीर घाइते भएका छन् ।
त्यस्तै दुर्घटनामा परि अन्य केही यात्रु सामान्य घाइते भएको जनाइएको छ । घाइतेहरूको उद्दार गरी थप उपचारका लागि बर्दिबास पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।




