बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट करिब ४ किलो ५०० ग्राम अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया ग्राम भवरा ८ निवासी ४५ वर्षीय बिजय श्रीवास्तव रहेका छन् ।
सोमबार दिउँसो प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना ६ ख ५३०९ नम्बरको बसमा सवार श्रीवास्तवलाई शंका लागी जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो । पक्राउ परेका श्रीवास्तवलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।




