धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका ५ उधामा घरायसी विवादका क्रममा ६५ वर्षीया समुन्द्री देवी मण्डलको हत्या भएको छ । हत्याको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, विवादकै क्रममा झै–झगडा हुँदा कुटपिट भएपछि समुन्द्री देवी मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले अभियुक्त रक्षा कुमारीलाई पक्राउ गरेको छ ।
हाल घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




