धनुषा । धनुषाको बटेश्वर गाउँपालिका २ रमौल टोलस्थित सडकमा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बटेश्वरबाट रमौल टोलतर्फ जाँदै गरेको म प्र ०२-००६ प ६१३९ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक, बटेश्वर गाउँपालिका ४ बस्ने ४१ वर्षीया हेम कुमारी रेग्मी गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया पुर्याइएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




