महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ४ स्थित सडकमा अज्ञात सवारी साधनको ठक्करबाट ६० वर्षीय दल बहादुर तामाङको मृत्यु भएको छ ।
गएराति भएको दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन फरार रहेकाले प्रहरीले त्यसको खोजी गरिरहेको जनाएको छ ।




