धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८, दिगम्बरपुरमा दुई वर्षीय बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । स्थानीय रोशन महतोका छोरा विकाश महतो शनिबार बेलुकी खेल्दै गर्दा खाल्डोमा डुबेका थिए ।
डुबेर अशक्त भएका उनलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ । यस घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




