बारा । अवैध लागूऔषध गाँजा करिब १० किलो ५ सय ग्रामसहित एक व्यक्ति पक्राउ परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ बस्ने ३७ वर्षीय सुर्य पाख्रीनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना ४ ख ७१६५ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरेको हो ।
हाल उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।




