धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका १ बिरेन्द्र बजारस्थित सडकमा रथगाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । स १ च १७८१ नम्बरको रथगाडीले २५ वर्षीय युवालाई ठक्कर दिएको थियो ।
ठक्करबाट प्रदेश २-०२-००२ प ८९०४८८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक, गणेशमान चारनाथ नगरपालिका २ बस्ने २५ वर्षीय शिवकुमार पासवान गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच, रथगाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ ।




