धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ भरतपुरस्थित सडकमा रथगाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा २८ वर्षीय अजय यादवको मृत्यु भएको छ ।
बुधबार राति प्रदेश २-०२-००३ प ३९४४८८ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको रथगाडी एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार गणेशमान चारनाथ नगरपालिका ९ बरमझिया बस्ने यादव गम्भीर घाइते भएका थिए ।
उपचारका लागि न्युरो अस्पताल जनकपुर लगिए पनि गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालकको चारनाथ पोलिक्लिनिकमा उपचार भइरहेको छ । यसैबीच, फरार रथगाडी र चालकको खोजी गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ ।




