सिराहा । सिराहा नगरपालिका २२ औरहा चोकस्थित सडकमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीया दुखनी सदाको मृत्यु भएको छ । बुधबार राति सन्हैठाबाट औरहातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि प्रादेशिक अस्पताल सिराहा लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस दुर्घटनामा अर्की एक पैदलयात्री घाइते भएकी छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ ।
हाल फरार रहेका मोटरसाइकल र चालकको खोजी गर्न प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।




