सिराहा । सिराहाको धनगढीमाई नगरपालिका १० स्थित सडकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रदेश २-०१-००१ ख ०१२१ नम्बरको टिपरले प्रदेश २-०३-०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।




